जैमिनीमा एकदिने सुन्तला रोग सम्बन्धी तालिम सम्पन्न, ३८ प्रतिशतमा रोग देखियो

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २९ चैत २०७८ ।

बागलुङको कुश्मिसेरामा सुन्तला रोग सम्बन्धी तालिम सम्पन्न भएको छ । सोमबार जैमिनी नगरपालिकाको आयोजना र कृषि अनुसन्धान निर्देशनालय लुम्ले र कृषि ज्ञान केन्द्र बागलुङको प्राविधिक सहयोगमा सुन्तला रोग सम्बन्धी एक दिने तालिम सम्पन्न भएको हो ।

कार्यक्रमको सहजिकरण गर्दै कृषि अनुसन्धान निर्देशनालय लुम्लेका वैैज्ञानिक काशिराम चिलुवालले सुन्तलामा लाग्ने ग्रिनिङ रोग व्याक्टेरियाका कारणले लाग्ने भएकाले पौष र माघ महिनामा परिक्षण गर्नुपर्ने बताउनुभयो । सुन्तलामा चिनियाँ औँसा, झिँगा जस्ता रोगको पीसिआर परिक्षण गरेर पहिचान गर्नुपर्ने भन्दै उहाँले समाधानको उपाय अवलम्बन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा केहि समय पहिला जैमिनी नगरपालिकाका २६ वटा घरको सुन्तला बोटको नमुना परिक्षण गर्दा १० वटा घरको सुन्तलामा रोग लागेको पहिचान भएको जानकारी गराइएको थियाे । यसरी हेर्दा जैमिनीमा संकलन भएका सुन्तालाकाे नमुनाकाे ३८ प्रतिशत भन्दा बढिमा राेग पाइएकाे छ । रोगी सुन्तलाको नजिक निरोगी सेतो गुदी हुने अम्बा लगाउन उहाँले सुझाव दिनुभयो ।

झरेका सुन्तला तत्काल टिपेर प्लास्टिकमा राख्न र प्लास्टिक बाट नै विसर्जन गर्न सुझाव दिँदै चिलुवालले यदी बोटमा रोग लागेको शंका लाग्नासाथ प्राविधिकहरुलाई देखाएर उपचार गर्नुपर्ने बताउनुभयो । उहाँले बोटविरुवामा लाग्ने रोग किराको पहिचान र यसको समाधान सम्बन्धी सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा कृषि वैज्ञानिक श्याम प्रसाद पौडेल, कृषि ज्ञान केन्द्र बागलुङका कृषि प्राविधिक प्रविशा अधिकारीको उपस्थिति रहेको थियो भने तालिममा सुन्तला खेती गर्ने जैमिनीका कृषकहरु सहभागी भएका थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार