सम्झौता युवा क्लव नेपानेको ९औँ बार्षिकोत्सव सम्पन्न, खेलकुद सहित कलाकारहरूकाे बेजाेड प्रस्तुति

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २ बैशाख २०७८ ।

सम्झौता युवा क्लव नेपानेको ९ औँ बार्षिकोत्सव तथा साँस्कृतीक मेला सम्पन्न भएको छ । बागलुङको जैमिनी नगरपालिका ३ मा अवस्थित क्लवले ९ औँ बार्षिकोत्सवको अवसरमा नेपानेमा साँस्कृतीक मेला आयोजना गरेको हो ।

विभिन्न खेलहरुको आयोजना गरिएको कार्यक्रममा भलिवल खेलको उपाधी बरेङ गाउँपालिका २ बराहकोटले जितेको छ । बराहकोटसँग हारेको सयपत्री युवा क्लव देवलधाराले उप विजेताको रुपमा चित्त बुझाएको छ । यस्तै तृतीय कालापाताल युवा क्लव र सान्वना नेपाने बनेको छ ।

बार्षिकोत्सवको अवसरमा साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, ‘बि’ लेभलको डबल ब्याटमिन्टन प्रतियोगिता, तारा खेल (धनुषवाण) प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता, लठो तान्ने प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष सूर्यबहादुर पुनले जानकारी दिनुभयो ।

पुरुष भलिवल प्रतियोगितामा प्रथम हुनेले ३५ हजार, द्वित्तीय हुनेले २० हजार, तृतीय हुनेले १२ हजार र उपविजेताले ८ हजार रुपैयाँ नगद मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । ब्याटमिन्टन प्रतियोगितामा प्रथम हुनेले १२ हजार, द्वित्तीय हुनेले ८ हजार र तृतीय हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य तथा जैमिनी नगरपालिकाका कार्यपालिका सदस्य लाल बहादुर परियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लोक तथा दोहोरी कलाकार खेम सेन्चुरी, जुना श्रीस, शर्मिला गुरुङ, प्रेम पौडेल, दुर्गा विरही, कमल जिएम, हास्य कलाकार दिलिप पर्तेल लगाएतले आफ्नो प्रस्तुति दिएका थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार