गण्डकी प्रदेशमा घिनलाग्दो राजनितिः केन्द्रकै प्रवृत्ति अपनाउँदै गुरुङ्गकाे दावी पेश

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, २९ जेठ २०७८ ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गर्नुभएको छ । प्रदेश प्रमख सीता कुमारी पौडेलसमक्ष गुरुङले दाबी पेश गर्नुभएको हो ।

उहाँले आफूलाई राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थन रहेको दाबी गर्नुभएको छ । तर नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै शुक्रबार मात्रै ३१ प्रदेशसभा सदस्यले प्रदेश प्रमखकाै कार्यकक्षमा उपस्थित भएर मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

गण्डकीमा सरकार बनाउन ३१ जना सदस्य चाहिन्छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतसहित दाबी पेश गर्न आज तीन बजेसम्मको समय दिनुभएको थियो ।

गण्डकी प्रदेशका विपक्षी दलहरुले नयाँ सरकार गठनको विषयमा केन्द्रमा जस्तै प्रवृत्ति प्रदेशमा पनि देखिएको बताएका छन् ।

नयाँ सरकार गठनको लागि हिजो कांग्रेस,माओवादी केन्द्र, जनमोर्चा, जसपा र स्वतन्त्र सदस्य राजिव गुरुङसहित ३१ जना प्रदेशसभा सदस्य हस्ताक्षर र भौतिक रुपमै प्रदेशप्रमुख सीताकुमारी पौडेलकोमा पुगेर दाबी पेश गरेका थिए । विपक्षी दलले नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेका छन् । तर आज फेरि एमालेका पृथ्वीसुब्बा गुरुङले दाबी पेश गर्नुभएको छ ।

यसलाई विपक्षीले ‘लाजमर्दो’ क्रियाकलाप भनेका छन् । केन्द्रमा केपी शर्मा ओलीले जे जस्ता प्रतिगामी कदम अघि बढााएका थिए साेहि गतिविधि गण्डकी प्रदेशमा पनि दोहोर्याउन खोजिएको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताउनुभयाे । उहाँले अहिले पनि आफूहरु ३१ जना नै सँगै रहेको र प्रदेशप्रमुखलाई भेट्न जान लागेको जानकारी दिनुभएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार