भरतमणि बने ‘कमेडी च्याम्पियन ‘सिजन २’ को विजेता, विक्की र सन्ताेषले दर्शककाे मन जिते

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डौ, ३ असाेज २०७८ ।

भरतमणि पौडेल कमेडी च्याम्पियन ‘सिजन २’ को विजेता बन्नुभएकाे छ । शनिवार राति भएको ग्रान्ड फिनालेमा सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरत विजेता बन्नुभएकाे हाे ।

विजेता बन्नुभएका भरतले उपाधिसँगै कार र २५ लाख रुपैयाँ पुरस्कार जित्नुभएकाे छ । त्यस्तै विक्की अग्रवाल दोस्रो र  सन्तोष थापा हुनुभएकाे छ ।

May be an image of 1 person and standing
विक्की अग्रवाल

कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रियालिटी’ बाट प्रसारण हुँदै आएको कार्यक्रमकाे निर्णायकमा हास्य कलाकारहरू सन्तोष पन्त र मनोज गजुरेल, चलचित्र निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा हुनुहुन्थ्याे ।

पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि चर्चामा आउनुभएका भरतले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेर चौतर्फी प्रशंसा पाउनुभएकाे थियाे ।  पछिल्लाे समयमा विक्की र सन्ताेषकाे प्रस्तुति पनि अधिक रूचाइएकाे थियाे ।

May be an image of 1 person and standing
सन्ताेष थापा

कमेडी च्याम्पिनको पहिलाे सिजनमा धादिङका हिमेश पन्त विजेता बन्नुभएकाे थियाे ।

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार