अमेरिकामा कोरोना भाइरस सङ्क्रमित धेरै देखिनु सम्मानको कुरा : ट्रम्प

याे सामग्री सेअर गर्नुहाेस्

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस सङ्क्रमित धेरै देखिनु सम्मानको कुरा भएको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले सङ्क्रमितको संख्या बढि देखिनुमा आफूहरुको कोरोना परीक्षणको अवस्था राम्रो भएको बताए। अमेरिकामा अन्य देशको तुलनामा परीक्षण राम्रो भएकले संक्रमित पहिचान भएको भन्दै यसलाई सम्मानको रुपमा लिएको बताएका छन् ।

कोरोना परीक्षणको हिसाबले अमेरिका विश्वमै सबैभन्दा धेरै परीक्षण हुने देशमा पर्ने बीबीसीले जनाएको छ । तर कुल जनसंख्या र परीक्षणको दरमा भने अमेरिका १६ औँ रहेको स्थानमा छ ।

आइसल्याण्ड, न्यूजिल्याण्ड, रुस, क्यानडा लगायतका देशमा कुल जनसंख्या र परीक्षणको दर बढि रहेको छ ।

अमेरिकामा अहिलेसम्म १५ लाख ७० हजार पाँच सय भन्दा धेरैमा कोरोनासङ्क्रमण भएकोमा ९३ हजार पाँच सय भन्दा धेरैको ज्यान गइसकेको छ । अमेरिकामा तीन लाख ६१ हजार भन्दा धेरैसङ्क्रमित निको भएका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने