काठमाडौँ प्रहरीको आग्रह- छिमेकीलाई असर हुने गरि ध्वनि निकाल्ने कुनै काम नगरौं

काठमाण्डाै, १९ भदौ २०८२ ।

प्रहरीले काठमाण्डौ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणका लागि छिमेकीलाई असर हुने गरि ध्वनि निकाल्ने कुनै काम नगर्न आग्रह गरेको छ । काठमाण्डाै उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सूचना निकालेर शान्त र अवरोधमुक्त छिमेकी अभियानका लागि भन्दै कम आवाज निस्कने उपाय अपनाउन आग्रह गरेको हो ।

हिजोदेखि शान्त तथा अवरोधमुक्त छिमकी अभियान शुरू गरेको कार्यालयले ५ वटा बुँदा र त्यसका उपबुँदाहरू राखेर विभिन्न प्रकारका अनुरोध गरेको हो । प्रहरीले राति अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी लगाउने काम नगर्न र अबेर राति शौचालयको फ्लस गर्दा ध्वनि कम गर्ने उपाय अनपाउन आग्रह गरेको छ ।

फोन कल गर्दा आवाज कम गर्न, हेडफोन प्रयोग गर्न, अबेरसम्म ठूलो स्वरमा गफ नगर्न, भान्सामा भाडाँकुडाँको ठूलो आवाज उत्पन्न नगर्न पनि प्रहरीको अनुरोध छ । प्रहरीले राति गेट ढकढकाउने वा घण्टी बजाउने काम नगर्न, बिहानको नित्यकर्म गर्दा अनावश्यक खोक्ने तथा खकार्ने काम नगर्न आग्रह गरेको छ ।

ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक भएको र ध्वनि प्रदूषणका कारण खासगरी गर्भवती महिला, मुटुरोगी एवम् वृद्धवृद्धा र बालबालिकाको शैक्षिक, मानिसक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर परेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीको सूचना हेर्नुहोस् 

541752810_1211650124336825_8540436280129282552_n-1756965019.jpg

फेसबुकमा नै ताजा समाचार हेर्न हाम्रो पेज लाइक र फलो गर्नुहोस्


This will close in 20 seconds