कास्की, ३० साउन २०८३ ।
खोलाले बगाउँदा २ बालक बेपत्ता भएका छन् । कास्कीकाे पोखरा स्थित विजयपुर खोला तर्ने क्रममा स्याङ्जा घर भई पोखरा बस्ने दुई बालक बेपत्ता भएका हुन् ।
उनीहरूको खोजी जनपद प्रहरी, सशत्र प्रहरीको गोताखाेर सहितकाे टोलीले गरिरहेको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयाे । बेपत्ता हुनेमा स्याङ्जा घर भइ पोखरा बस्ने १४ निक्सन राइ र घरबतन खुल्न बाँकी रहेका १५ वर्षीय अमन राइ रहेको प्रहरीले जनाएको छ । निक्सनको परिवार सम्पर्कमा आइसकेका छन् भने राइको परिवारसँग सम्पर्कको प्रयास भइरहेको छ ।
गोताखोरसहित प्रहरीको टोलीले खोजि गरिरहेको भए पनि खोला बढेका कारण समस्या भएको छ । उनीहरूलाई खोलाले बगाएको स्थानीयले समेत देखेका थिए । पोखरा महानगरपालिका वडा नम्बर २६ र १४ को सीमा सक्नेरीस्थित भगवती हाईड्रोपावर नजिकै वडा नम्बर १४ बिजयबस्तीबाट विजयपुर खोला तर्ने क्रममा २ जना बेपत्ता भएका हुन् ।
