काठमाडाैँ, २९ असाेज २०८३ ।
दशैँकाे मुखमा सुनकाे भाउ घट्दै गएकाे छ । विगत ४ दिनमा सुनको मूल्य तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हाे ।
हिजाे प्रतिताेला २ लाख ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनकाे भाउ आज १ हजार १ सय रुपैयाँले घटेर २ लाख ८८ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनकाे भाउ प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ थियाे ।
यस्तै चाँदीकाे भाउ पनि घटेकाे छ । हिजाे प्रतिताेला ४ हजार २५५ रुपैयाँ रहेको चाँदी आज तोलामा २२० रुपैयाँ घटेर ४ हजार ३५ रुपैयाँ कायम भएको छ ।
