लगातार घटेको सुनचाँदीको भाउ आज बढ्यो

अर्थ बजार समाचार

काठमाडाैँ, ७ मंसिर २०८३ ।

लगातार घटेको सुनचाँदीको भाउ आज बढेकाे छ । १० दिनदेखि लगातार घटिरहेको सुनको भाउ आज ४ हजार ८०० रुपैयाँ बढेकाे हाे ।

आज सुन तोलाको २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । कारोबार हुने हप्ताको पहिलो दिन हिजो आइतवार सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँले घटेर २ लाख ४२ हजार ६०० रुपैयाँमा झरेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि ४५ रुपैयाँले बढेर तोलाको ३ हजार ११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ ३ हजार ६५ रुपैयाँ थियो ।