स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ, १४ फागुन २०८२। निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता सेवा सम्बन्धित मतदानस्थलमा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । साथै […]

पुरा पढ्नुहाेस्

काठमाडौ विश्वकै प्रदूषित शहरको सूचीमा चौथो नम्बरमा

काठमाडौँ, ८ फागुन २०८२ । काठमाडौँ विश्वकै प्रदूषित शहरको सूचीमा शीर्ष ४ नम्बरमा परेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एअर क्वालिटी इन्डेक्स’ (एक्यूआई) का अनुसार काठमाण्डौको एक्यूआई १ सय ८१ मापन गरिएको छ, यो वायुको गुणस्तर अस्वस्थ हो । शून्यदेखि ५० एक्यूआईसम्मको हावाको गुणस्तरलाई राम्रो मानिन्छ । त्यस्तै, ५१ देखि १ सय एक्यूआईसम्मको हावाको […]

पुरा पढ्नुहाेस्

१ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा उपचार सेवा नघटाएको स्वास्थ्य बीमा बोर्डको भनाई

काठमाडौँ, २९ माघ २०८२ । स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको १ लाख रुपैयाँको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बीमा गरेबापतको १ लाख रुपैयाँ बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभएको हो । उहाँले बीमा कार्यक्रमअन्तर्गत ३ हजार ५ सय रुपैयाँ बराबरको योगदान बराबर ५ जना परिवारले […]

पुरा पढ्नुहाेस्

नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण गर्न डाक्टरको सुझाव, कारण यस्तो छ

काठमाडौं, २१ कात्तिक २०८२ । निर्धारित समयअघि नै जन्मिएका नवजात शिशुको २८ दिनभित्र आँखाको जाँच अनिवार्य गर्न डाक्टरले सुझाव दिएका छन् । समयअघि नै जन्मिएका नवजात शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’ (आरओपी) जस्ता आँखाको रोगको जोखिम उच्च हुने भन्दै डाक्टरहरुले परीक्षण अनिवार्य गर्न सुझाव दिएका हुन् । तिलगङ्गा आँखा प्रतिष्ठानमा हिजो गरेको अन्तरक्रियामा आँखा रोग […]

पुरा पढ्नुहाेस्

आगामी कात्तिकमा बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने

काठमाडौं, २२ असोज २०८२ । आउँदो कात्तिक २० र २१ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ । सरकारले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । यस वर्ष त्यो […]

पुरा पढ्नुहाेस्

सेवाग्राहीले प्रभावकारी नठानेर नविकरण नगरेको स्वास्थ्य बीमा तुरुन्त नविकरण गर्न सरकारी ताकेता

काठमाण्डाै, १२ भदौ २०८२ । सरकारले स्वास्थ्य बीमा समयमा नवीकरण गर्न ताकेता गरेको छ । सेवाग्राहीले प्रभावकारी नठानेर नविकरण नगरेको स्वास्थ्य बीमा नविकरण गर्न सरकारले ताकेता गरेको हो  । बोर्डले एक सूचना जारि गर्दै असोज भित्र नविकरण  नगरेमा चर्को थप शुल्क लाग्ने चेतावनी दिएको छ । नेपाल सरकार अन्तर्गत स्वास्थ्य बीमा बोर्डले सूचना निकालेर विगतमा […]

पुरा पढ्नुहाेस्

हृदयघातबाट अन्तिम अवस्थामा पुगेका बिरामीको नेपाल मेडिकल कलेजमा सफल उपचार

काठमाडौं, ११ भदौ २०८२  । हृदयघात भएर अन्तिम अवस्थामा पुगेका एक बिरामीलाई नेपाल मेडिकल कलेजका चिकित्सकले बचाएका छन् । मुटु रोगको उपचारका लागि नेपालकै प्रख्यात शहीद गंगालाल ह्दय केन्द्रमा समेत पुगेका काभ्रेपलाञ्चोक घर भएका विजय तामाङको नेपाल मेडिकल कलेजका मुटु रोग विशेषज्ञ डाक्टर अर्जुन बुढाथोकी नेतृत्वको टीमले ज्यान बचाएको हो । लामो समयदेखि रक्सी तथा […]

पुरा पढ्नुहाेस्

बालबालिकाको प्रतिरोधी क्षमता बढाउन आजदेखि स्वर्णप्राशन खुवाइँदै

काठमाण्डाै, ०५ भदौ २०८२ ।  निरोगी नेपाल बनाउन सरकारले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई राष्ट्रिय कार्यक्रम सञ्चालन गरी स्वर्णप्राशन खुवाउन लागेको छ । देशभरका २५ जिल्लाका आयुर्वेद अस्पतालबाट बालबालिकालाई राष्ट्रिय कार्यक्रम सञ्चालन गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वर्णप्राशन खुवाउन लागेको हाे । आज  बिहान ८ बजे धनगढी आयुर्वेद अस्पतालबाट स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वर्णप्राशन खुवाउने राष्ट्रिय […]

पुरा पढ्नुहाेस्

आज साउन १५ गते खिर खाने दिन, यस्ता आजको दिनको छन् महत्त्व

काठमाडौँ, १५ साउन २०८२ । आज साउन १५ गते नेपाली समाजमा खिर खाएर मनाइँदै छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । वर्षा ऋतुका बेला असार १५ गते दही-च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले […]

पुरा पढ्नुहाेस्

गोकर्णेश्वरमा गाडिएको अवस्थामा युवकको शव फेला, ६ जना पक्राउ

काठमाण्डौ, १८ चैत २०८१ । काठमाण्डौको गोकर्णेश्वरमा एक युवकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारा बस्ने १९ वर्षीय राहुल साह यही चैत ११ गतेदेखि हराएको भनी उजुरी परेको थियो । प्रहरीले खोजी गर्ने क्रममा चैत १५ गते गोकर्णेश्वर–८ माकलबारीमा रहेको आरके मोटरसाइकल वर्कशपको पडाडिको जमिनमा गाडिएको अवस्थामा […]

पुरा पढ्नुहाेस्