गुडिरहेकाे बसमा आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट

कपिलवस्तु, १ फागुन २०८२ । गुडिरहेकाे बसमा आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको छ । काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना.७.ख ६०४८ नम्बरको बस तौलिहवा भैरहवा सडक खण्ड अन्तर्गत कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६, टिटिहिरियामा विहिवार आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको हो । स्थानीयवासी प्रहरी र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले आगो निभाउन प्रयास गरे पनि बस आधा […]

पुरा पढ्नुहाेस्

बागलुङमा स्कुल भ्यान दुर्घटना हुदा २४ जना घाइते

बागलुङ, २९ माघ २०८२ । बागलुङमा स्कुल भ्यान दुर्घटना हुदा २४ जना घाइते भएका छन्  । विहिवार एभरेष्ट एकेडेमी स्कुल रामरेखाको ग ३ च ८६२१ नम्बरको स्कुल भ्यान दुर्घटना भएको हो । विद्यार्थी बोकेर रातमाटा जाँदै गर्दा बागलुङ नगरपालिकामा दुर्घटना भएको  प्रहरी उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो । घाइते २४ जनामध्ये  ४ जनाको अवस्था गम्भिर […]

पुरा पढ्नुहाेस्

१ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा उपचार सेवा नघटाएको स्वास्थ्य बीमा बोर्डको भनाई

काठमाडौँ, २९ माघ २०८२ । स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको १ लाख रुपैयाँको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बीमा गरेबापतको १ लाख रुपैयाँ बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभएको हो । उहाँले बीमा कार्यक्रमअन्तर्गत ३ हजार ५ सय रुपैयाँ बराबरको योगदान बराबर ५ जना परिवारले […]

पुरा पढ्नुहाेस्

पशुपतिमा महाशिवरात्रिको तयारीका लागि मूल समारोह समिति गठन

काठमाडौं, २५ माघ २०८२ । पशुपतिमा महाशिवरात्रि पर्वको तयारीका लागि समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १ सय ७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको हो । मूल समारोह समिति अन्तर्गत नौवटा विषयगत उपसमिति बनाएर […]

पुरा पढ्नुहाेस्

सुन चादीको भाउ अहिलेसम्मकै उच्च, आजै करिव ३ हजारले वृद्धि

काठमाडौँ, ११ माघ २०८२ । सुनचाँदीको भाउ बढ्ने क्रम रोकिएको छैन । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेर कीर्तिमान बनाएको छ । आज सुन तोलामा २ हजार ४ सय रुपैयाँले बढेर तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ […]

पुरा पढ्नुहाेस्

सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक

काठमाडौँ, ११ माघ २०८२ । सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक गरिएको छ । तीनपुस्ते विवरण सार्वजनिक भएकामा महादेव खिम्ति निर्माणसेवाका रवि सिंहसहित ५२ जना रहेका छन् । महालेखा नियन्त्रक कार्यालय, कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहल काठमाण्डौले आज सरकारी बाँकी रकम तिर्न आउने सम्बन्धी सूचना सार्वजनिक गरेको हो । विगतमा पनि […]

पुरा पढ्नुहाेस्

रवि–बालेनबिच ७ बुँदे सम्झौता : रवि सभापति,बालेन प्रधानमन्त्री (यस्तो छ सम्झौता)

काठमाडौँ, १३ पुस २०८२  । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच एकता गर्ने सम्झौता भएको छ । लामो छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाण्डौ महानगरपालिका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएको हो । मध्यराति भएको सहमतिअनुसार पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र चुनाव चिन्ह घण्टी हुनेछ । पार्टीको सभापति रवि […]

पुरा पढ्नुहाेस्

राहदानी विभागलाई थप ३ लाख ९६ हजार थान पासपोर्ट प्राप्त,अब पासपोर्ट सहजै पाइने

काठमाडौँ, ८ पुस २०८२ । राहदानी विभागले थप ३ लाख ९६ हजार थान पासपोर्ट प्राप्त गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार अन्तरिम अवधिका लागि थप ७ लाख राहदानी पुस्तिका तथा वैयक्तिकरण लगायतका सेवा आपूर्ति गर्न गरेको सम्झौताअनुसार थप ३ लाख ९६ हजार थान राहदानी प्राप्त भएको विभागले सूचना निकालेर जानकारी गराएको छ । प्राप्त भएका राहदानी […]

पुरा पढ्नुहाेस्

कार्की नेतृत्वको सरकारमा फेरी मन्त्री थपिए, नवनियुक्त चार जना मन्त्रीको शपथ ग्रहण गराइयो

काठमाडौँ, २६ मङ्सिर २०८२ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रीपरिषद् विस्तार भएको छ । नवनियुक्त चार जना नयाँ मन्त्रीले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । थपिएका नयाँ मन्त्रीहरुमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहनुभएको छ । श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, चौलागाईंलाई वन […]

पुरा पढ्नुहाेस्

नेपालको आध्यात्मिकता चीनमा गुञ्जाउँदै अमर गुरु

काठमाडौं, २६ मंसिर २०८२ । बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले नेपालमा आध्यात्मिक पर्यटन सम्बन्धमा एक कार्यक्रम गरेको छ । गएको मंगलबार बेइजिङमा दूतावास कर्मचारीसहित ७० जना चिनियाँहरूको सहभागितामा आध्यात्मिक पर्यटन सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो । विश्व स्वास्थ्य संगठनको साधारणसभाले सन् २०२४ डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा घोषणा गरेको अवसर पारेर कार्यक्रम आयोजना […]

पुरा पढ्नुहाेस्