श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ पक्राउ

अपराध समाचार समाज

काठमाडाैं, २३ जेठ २०८३ ।

श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ पक्राउ परेका छन् । श्रीमतीको हत्या गरेको आरोपमा  ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापा पक्राउ परेका हुन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा उनले श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको प्रहरीले जनाएकाे छ । शुक्रबार राति १०:१० बजे थापाकाे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको थियाे।

आरोपी थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।