काठमाडाैं, २१ जेठ २०८३ ।
कीर्तिपुरको होल्डिङ सेन्टरका एक सुकुमवासीको मृत्यु भएकाे छ । होल्डिङ सेन्टरमै बिरामी अवस्थामा बसिरहेका सुकुमवासी समुदायबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु भएको हाे ।
लामो समयदेखि फोक्सो सम्बन्धी रोगका बिरामी दर्जीकाे स्वास्थ्यमा जटिलता उत्पन्न भएपछि परिवारले उपचारका लागि वीर अस्पताल लगेकोमा उहाँको बिहीबार वीर अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको परिवारले जनाएकाे छ । अस्पताल पुग्दा उहाँको फोक्सोमा पानी जमेको चिकित्सकले बताएका थिए ।
उनको परिवारमा तीन जना सदस्य रहेका छन् । दर्जीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भैरहेकाे उहाँकी पत्नी विमला सुनुवारले जानकारी दिनुभयाे ।
