जैमिनी सहित बागलुङको २ पालिकाका कार्यकारीको सरुवा, अब को आउलान् ?

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १४ साउन २०७९ ।

बागलुङको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाको सरुवा भएको छ । २०७७ साल मंसिरमा जैमिनी आउनुभएका कोइरालाको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा सरुवा भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन ११ गते निर्णय गरी उहाँलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालय वा मातहतका निकायमा उप सचिव पदमा रहने गरी पदस्थापना गराएको मन्त्रालय श्रोतले जनाएको छ । कोइराला गएपछि जैमिनीमा यस अघि स्याङ्जाको चापाकोट नगरपालिकामा कार्यरत दामोदर शर्मा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनुहुने भएको छ ।

यस्तै बागलुङको गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माको पनि सरुवा भएको छ । उहाँको जिल्ला समन्वय समिति अर्घखाँचीमा जिल्ला समन्वय अधिकारीको रुपमा सरुवा भएको हो । शर्माको सरुवा पछि गलकोट नगरपालिकामा यस अघि चितवनको राप्ती नगरपालिकामा कार्यरत गंगा बहादुर भुजेल प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनुहुने छ ।

मन्त्रालयले बागलुङका दुई पालिका सहित देशभरका ९३ स्थानका कर्मचारीहरुको सरुवा गरेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार