डेंगुबाट एघार जनाको मृत्यु, १३ हजार भन्दा बढीमा संक्रमण

याे सामग्री सेअर गर्नुहाेस्

हेटौँडा, ५ असोज २०७९ ।

बागमती प्रदेशमा डेंगु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेंगुबाट काठमाडौंमा चार, ललितपुरमा दुई , सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक, सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

यसैगरी, प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेंगुका बिरामी फेला परेको छ । ती सबैभन्दा धेरै ललितपुर जिल्लामा चार हजार आठ सय ७८ मा डेंगुका बिरामी फेला परेका छन् ।

यसैगरी, काठमाडौंमा चार हजार छ सय ७४, मकवानपुरमा एक हजार आऊ सय १०, भक्तपुरमा सात सय १३, चितवनमा चार सय २९ र धादिङमा तीन सय ९९ जना डेंगुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार