भाटभटेनीबाट आईसक्रिम चोर्ने शिक्षक विद्यालयबाट निष्काशन

काठमाण्डाै, २८ भदौ २०८२ ।

भाटभटेनीबाट आईसक्रिम चोर्ने शिक्षक विद्यालयबाट निष्काशन भएका छन्  । जेन जेड आन्दोलनको नाममा लुटपाट गरेको भन्दै रुपन्देहीको बुटवलमा रहेको कालिका मानवज्ञान माध्यामिक विद्यालयले एक जना शिक्षकलाई निकालेको हो ।

गएको मङ्गलवार जेन जेड समूहले गरेको प्रदर्शनका क्रममा भाटभटेनीमा आईसक्रिम बोकेर हिड्दै गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विद्यालयले शिक्षक शिवशङ्कर शुक्लालाई कारबाही स्वरुप निकालेको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिनुभयो । बुटवलको सुख्खानगरमा रहेको भाटभटेनी सुपर मार्केटमा भएको लुटपाटमा शुक्ला संलग्न देखिएको भन्दै विद्यालयको आचरण संहिता तथा नियम विपरित रहेको भन्दै उनलाई हटाएको उहाँको भनाई छ ।

आन्दोलनलाई मौका बनाएर चोरी र लुटपाट गर्नेहरुलाई समाजले समेत प्रहरीसमक्ष बुझाउने गरेका छन् । यस्तै सम्बन्धित स्थानका सिसिटिभी, सार्वजनिक भएको फोटो भिडियोको आधारमा समेत पक्राउ गर्न थालिएको छ ।

फेसबुकमा नै ताजा समाचार हेर्न हाम्रो पेज लाइक र फलो गर्नुहोस्


This will close in 20 seconds