काठमाडौं, २४ भदौ २०८२ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् ।
जेन जी प्रदर्शनमा भएको अत्यधिक बल प्रयोग र एकैदिनमा ठूलो सङ्ख्यामा मानिसहरू मारिएपछि सत्ता साझेदार कांग्रेसका नेताहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए। कैयौँ मन्त्रीहरूले सरकार छोडे लगत्तै प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन्। उनी गत २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए।
जेन जी प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा र नागरिक सरकारको माग गरेका छन्। सरकारका नेतृत्व गरिरहेका ओलीले राजीनामा दिनुपर्ने भन्दै नेपालका केही समाचारपत्रले विशेष सम्पादकीय छापेका थिए।
स्वतःस्फूर्त रूपमा भएको युवा पुस्ताको आन्दोलनमा व्यापक बल प्रयोग हुँदा हालसम्म २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

