काठमाडौं, ५ चैत २०८२ ।
सुनचाँदीको भाउ आज पनि घटेको छ । बिहीबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ तय गरेको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ७ हजार ७ सय र अस्ति ३ लाख ९ हजार ९ सय रुपैयाँ थियो ।
यस्तै चाँदीको भाउ आज तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार १ सय ५० र अस्ति ५ हजार ३ सय ३५ रुपैयाँ थियो ।
सुनको भाउ केही सातायता घटिरहेको छ । गत माघ १५ गते हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।


