आज पनि चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं, ७ चैत २०८२ । 

आज पनि देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेकाले वर्षाको सम्भावना रहेको हो । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भरे रातिदेखि मौसम खुल्ने सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बदली भई पश्चिम नेपालबाट शुरु भएको वर्षा गएराति पूर्वी नेपाल पुगेको छ । राति पूर्वका बिभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाशाखाका अनुसार आज पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । आज रातिदेखि भने बिस्तारै मौसम खुल्दै जाने महाशाखाले जनाएको छ । आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । मौसमको अवस्था हेरेर मात्रै घरबाहिर निस्कन र सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।