काठमाडाैँ, ११ मंसिर २०८३ ।
राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता भएकाे छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गर्नुभएको हाे ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटवार्तामा राष्ट्रपति पौडेललाई भर्खरै सम्पन्न दुई दिने भारत भ्रमणका बारेमा प्रधानमन्त्री शाहले जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । भेटघाटकाे अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच समसामयिक विषयमा पनि छलफल भएको छ ।
भारतको भ्रमणमा जानुअघि राष्ट्रपतिलाई ब्रिफिङ गर्ने परम्परा तोडेको भन्दै केहीले प्रधानमन्त्री शाहको आलोचनासमेत गरेका थिए ।
