आज सुनको भाउ घट्यो

अर्थ बजार समाचार

काठमाडाैँ, ९ मंसिर २०८३ ।

आज सुनको भाउ घटेकाे छ । अस्ति र हिजो दुई दिन लगातार बढेको सुनचाँदीको भाउ आज घटेको हाे ।

सुनको भाउ आज तोलामा ६ हजार ५०० रुपैयाँले घटेर आज तोलाको २ लाख ४१ हजार ४०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा १०५ रुपैयाँले घटेर तोलाको ३ हजार ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

हिजो सुन तोलामा ५०० रुपैयाँले बढेर तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै अस्ति सोमबार सुनको भाउ ४ हजार ८०० रुपैयाँले बढेर तोलाको २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको थियो ।

हिजो चाँदीको भाउ तोलामा ३५ र अस्ति ४५ रुपैयाँले बढेको थियो । हिजो चाँदीको भाउ तोलाको ३ हजार १४५ रुपैयाँ रहेको थियो ।