काठमाडाैँ, १० साउन २०८३ ।
काखमा दुधे बच्चा च्यापेर लघुवित्त पीडितहरू काठमाडाैँ आएका छन् । देशका विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका लघुवित्त पीडितहरूले काठमाडाैँमा ‘राजधानी मार्च’ गरेका हुन् ।
कोही दूधे बच्चा काखमा च्यापेर मार्चमा सहभागी भएका छन् भने कतीपय कोही बिरामी भएकाहरू पनि सहभागी भएका छन् । काठमाडौंको बल्खुबाट सुरु भएको ‘राजधानी मार्च’ भद्रकालीमा आएर कोणसभामा परिणत भएको थियाे । कोणसभालगत्तै उनीहरू सुन्धारा पुगेर सुन्धारा क्षेत्रका फल्चामा बसेका छन् । लघुवित्त संस्थाहरूले चर्काे ब्याज असुलेर ऋणीहरूलाइ झन् गरिव बनाएकाे उनीहरूकाे भनाइ छ । तस्वीर स्राेतः अनलाइनखबर
