काठमाडाैं, १४ वैशाख २०८३ ।
गैरीगाउँ र मनोहरा सुकुमबासी बस्तीमा आज पनि डोजर चलाइँदै छ । गैरीगाउँस्थित सुकुमबासी बस्तीमा सोमबार बिहानदेखि दुई वटा डोजर र भक्तपुरस्थित मनोहरा सुकुमबासी बस्तीमा १७ वटा डोजर परिचालन गरी घर–टहरा भत्काउन थालिएकाे हाे ।
मनोहरा सुकुमबासी बस्तीमा आइतबार बिहानदेखि सुकुमबासी बस्ती हटाउन थालिएको थियाे भने गैरीगाउँ र थापाथलीस्थित सुकुमबासी बस्तीमा शनिबार नै डोजर परिचालन गरिएको थियो ।
राजधानीका सुकुमबासी बस्तीमा डोजर चलाइएको छ । अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन डोजर परिचालन गरिएको हो ।
