गण्डकी प्रदेश समन्वय परिषदले कतारमा बृहत् साँस्कृतिक कार्यक्रम गर्ने

देश बाहिर मनाेरञ्जन समाचार समाज

राजु गुरुङ
कतार, १२ कात्तिक २०८३ ।

गण्डकी प्रदेश समन्वय परिषदले कतारमा बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । गण्डकी प्रदेश समन्वय परिषद्, कतारको आयोजनामा नेपालीहरूको महान् पर्व बडादसैँ, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०२६ आयोजना हुन लागेको हो ।

‘हाम्रो अभिमान, समृद्ध गण्डकी प्रदेश’ भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त कार्यक्रम आगामी २०२६ नोभेम्बर ६ तारिख शुक्रबार दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म कतारको अल वुखैरस्थित डिपिएस मोनार्च इन्टरनेशनल स्कुलमा आयोजना हुने आयोजकले जनाएको छ । नेपाली कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रममा नेपाली सांगीतिक जगतको लोकप्रिय ब्यान्ड लोकालीको विशेष सांगीतिक प्रस्तुति रहनेछ ।

कार्यक्रमकै अवसरमा श्रमिक कल्याणकारी कोष स्थापना गरिने अयोजकले जनाएको छ । गण्डकी प्रदेश समन्वय परिषद्, कतारको पहलमा स्थापना गरिने कोषले कतारमा कार्यरत नेपाली श्रमिकहरूको हित, सहयोग र कल्याणका लागि सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।