सरकारद्वारा सावर्जनिक बिदाकाे घाेषणा

जीवनशैलि धार्मिक तथा आध्यात्मिक प्रशासन समाचार समाज

काठमाडाैँ, २७ कात्तिक २०८३ ।

सरकारले आगामी सोमबार (३० कात्तिक) मा पनि सार्वजनिक बिदा दिने घोषणा गरेको छ । सरकारले छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो।

छठ पर्वकै सिलसिलामा सोमबार समेत सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयाे । आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठपर्व मनाइसकेपछि सोमबार बिहान उदाउँदो सूर्यको पूजा गर्ने चलन छ ।

यस्तो छ सूचना