आधा किलाेभन्दा धेरै सुनसहित एकजना पक्राउ

अपराध अर्थ बजार पर्यटन समाचार

काठमाडाैँ,  १ मंसिर २०८३ । 

आधा किलाेभन्दा धेरै सुनसहित एकजना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलाेभन्दा धेरै सुनसहित एकजना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

चिनियाँ नागरिक झाङ गाेउजिङकाे साथबाट ६३५.९६ ग्राम सुन बरामद गरेकाे त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज न्याैपानेले जानकारी दिनुभयाे । उनी गएराति साढे १० बजे हङकङबाट क्याथे प्यासिफिक एअरको विमानमार्फत काठमाण्डाै आएका थिए ।

पक्राउ परेका चिनियाँ नागरिकमाथि थप छानविन र अनुसन्धान भैरहेको छ । पछिल्लो समय त्रिभुवन विमानस्थल भएर अवैध कारोबार र तस्करी गर्नेहरुको संख्या बढिरहेको छ ।