गाेरखा, २८ कात्तिक २०८३ ।
बूढीगण्डकी नदीमाथि जंगल क्षेत्रमा सुख्खा पहिराे खसेकाे छ । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्याङको जंगल क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको हाे ।
पहिरो खसेर केही छिटपुट ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयाे । उहाँका अनुसार पहिरो खसेको स्थान फराकिलो पाखा क्षेत्रमा रहेकाले तत्काल कुनै जोखिम छैन ।
जिल्ला प्रहरी कार्यालय गोरखाले पनि उक्त स्थानमा सुक्खा पहिरो खसेको जानकारी दिएकाे छ । पहिरोबाट कुनै मानवीय क्षति नभएकाे र बूढीगण्डकी नदी थुनिने अवस्था पनि नरहेकाे जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी अनिलकुमार खड्काले जानकारी दिनुभयाे । एसपी खड्काका अनुसार आज बिहान ९ बजेको समयमा एक्कासि सुक्खा पहिरो खसेको थियाे ।
सुख्खा पहिराेकाे धुलो सडकसम्म आइपुगेको छ । पहिरो खसेको ठाउँमा प्रहरीको टोली गैरहेकाे छ ।
