इतिहासकै चर्चित सिफारिस, जसमा एक व्यक्तिलाई विष्णु भगवानको अवतार भनियो

अचम्मका कुरा जिल्ला विशेष पालिका विशेष समाचार समाज

सुजन प्रेमी सुवेदी
बागलुङ, १५ असोज २०८३ ।

बालगुङको तमानखोला गाउँपालिकाले विष्णु भगवानको अवतार भन्दै सिफारिस दिएको पाइएको छ । बागलुङको तमानखोला गाउँपालिकाको आधिकारिक लेटरप्याड प्रयोग गरी एक व्यक्तिलाई ‘विष्णु भगवान्‌को अवतार’ का रूपमा ज्ञान प्राप्त भएको सिफारिस पत्र दिएको पाइएको हो ।

अध्यक्ष जोकलाल बुढाको हस्ताक्षर रहेको सिफारिस पत्रमा तमानखोला गाउँपालिका–१, हिजा निवासी पुन्टे कामीका छोरा जस बहादुर कामीलाई ‘श्री विष्णु भगवान्‌को अवतारको रूपमा ज्ञान प्राप्त भएको’ व्यहोरा उल्लेख गरी सिफारिस गरिएको छ । २०८१ साल भदौ ७ गते गरिएको यो सिरफारिस पत्र हाल आएर चर्चाको विषय बनेको छ ।

सामाजिक सञ्जालमा व्यापक चर्चामा आएको यो सिफारिस पत्र आफैँले जारी गरेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले स्वीकार गर्नुभएको छ । स्थानीय सरकारको कार्यक्षेत्र बाहिरको सिफारिस दिइएकोप्रति उहाँले कुनै प्रतिक्रिया दिनुभएको छैन ।