आजदेखि १ सय दरका नयाँ नोट प्रचलनमा, चुच्चे नक्सा समावेश

काठमाडौं, ११ मङ्सिर २०८२ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले आज सूचना निकालेर सय रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा ल्याएको जानकारी गराएको हो । पूर्व गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नोटमा दृष्टिविहीनका लागि विशेष व्यवस्था गरिएको छ । दृष्टिविहीनहरुलाई नोट पहिचानका लागि छामेर थाहा […]

पुरा पढ्नुहाेस्

सिजनमा पनि तरकारी महँगो, कालिमाटीको दरभाउ यस्तो छ

काठमाडौँ, ३ मङ्सिर २०८२  । बजारमा तरकारीको भाउ तुलनात्मक रुपमा बढेको छ । सिजन सुरु भएपनि हरियो तरकारीको भाउ बढेको हो । कालिमाटी फलफुल तथा तरकारी बजारमा अहिले तरकारी महँगो छ । खुद्रामा कतिपयले यहाको भाउभन्दा दोब्बर लिने गरेका छन् । हेर्नुहोस् कालिमाटी तरकारी बजारमा आजको मूल्य यस्तो छ । कृषि उपज ईकाइ न्यूनतम अधिकतम […]

पुरा पढ्नुहाेस्

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौँ, ३० कात्तिक २०८२ । नेपाल आयल नियमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर दुई र डिजेल/मट्टीतेलमा तीन रुपैयाँका दरले भाउ बढाएको हो । भारतीय आयल निगमबाट पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ४५ पैसा र डिजेलमा छ रुपैयाँ ५३ पैसा बढेको मूल्यसूची आएको निगमले जनाएको छ । तर, उपभोक्ताको हितलाई मध्यनजर गरी पेट्रोलमा […]

पुरा पढ्नुहाेस्

जैमिनी २ का पूर्व वडाध्यक्षको इमानदारिता: बैंकमा अञ्जान पैसा आएकाले फिर्ता लान आग्रह

बागलुङ, २५ कात्तिक २०८२ । बागलुङको जैमिनी नगरपालिका वडा नं २ का पूर्व वडाध्यक्षले आफ्‌नो खातामा अपरिचित पैसा आएकाले फिर्ता लैजान आग्रह गर्नुभएको छ । उहाँले सोमबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै ११ हजार रुपैयाँ अपरिचित व्यक्तिको नामबाट आएकाले भौचर पठाएर फिर्ता लान आग्रह गर्नुभएको हो । उहाँको ग्लोबल आइएमई बैंकको खातामा केशव नामबाट ११ […]

पुरा पढ्नुहाेस्

स्टार्टअप उद्यम कर्जाका लागि आवेदन आह्वान, यसरी दिनुहोस् आवेदन

काठमाडौं, २० कात्तिक २०८२ । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, काठमाण्डौले एक सूचना निकालेर स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि बमोजिम कर्जा लिन इच्छुक योग्य उद्यमीबाट आवेदनको आह्वान गरेको हो । स्टार्टअप उद्यम कर्जा लिन चाहने उद्यमीहरूले कार्यविधिको दफा–४ अनुसार योग्यता पुरा गरेको हुनुपर्नेछ । आवेदकहरू […]

पुरा पढ्नुहाेस्

४ लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र आह्वान, किसानले सहज मल पाउलान् ?

काठमाडौं, ४ कात्तिक २०८२ । चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको रासायनिक मल आयात गर्न बोलपत्र आह्वान भएको छ । चालू आर्थिक वर्षका लागि कूल छ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको रासायनिक मल आयात गर्न बोलपत्र आह्वान भएको […]

पुरा पढ्नुहाेस्

उर्जामन्त्री कुलमानको प्रभाव: उद्योगले तिर्न थाले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसूल बक्यौता

काठमाडौं, १ कात्तिक २०८२ । हिजोदेखि उद्योगहरूले धमाधम डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसूल बक्यौता तिर्न थालेका छन् । नेपाल विद्युत् प्राधिकरणको पटक पटकको ताकेतापछि बक्यौता बाँकी रहेका पाँच वटा उद्योगले हिजोबाट नै प्राधिकरणलार्ई विद्युत् बक्यौता रकम तिर्न थालेका हुन् । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले आज हामा आइरन एण्ड स्टिल इन्डस्ट्रिजले डेडिकेटेड ट्रङ्कलाइनको कुल बक्यौता […]

पुरा पढ्नुहाेस्

अबदेखि अमेरिकी ‘डीभी’ भर्न एक डलर तिर्नुपर्ने, यस्तो छ नयाँ नियम

काठमाडौ, ११ असोज २०८२ । अमेरिकाले ईलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डीभी) आवेदन दर्ताका लागि एक डलर शुल्क तोकेको छ । यस अघि कुनै शुल्क नलाग्ने गरेकोमा अब आवेदन फारमसँगै एक डलर शुल्क तिर्नुपर्ने नियम बनाइएको हो । अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले दिएको जानकारी अनुसार यो नयाँ नियम यही वर्षको अक्टोबरमा खुल्ने आवेदनदेखि लागू हुनेछ […]

पुरा पढ्नुहाेस्

खर्च घटाउँदै सरकार: कर्मचारीको बैठक भत्ता कटौती, अनावश्यक सरकारी निकाय खारेज गर्ने

काठमाडौं, १ असोज २०८२ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले करिव २ दर्जन निर्णय गरेको छ । सिंहदरबारमा बसेको सचिव बैठकले देशको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि २१ वटा निर्णय गरेको हो । बैठकले नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय र कार्यालयमा रहेका दरबन्दीको औसत २० प्रतिशत कटौती गरी संशोधित संरचना […]

पुरा पढ्नुहाेस्

भारतबाट बढेर आएपनि नेपालमा पेट्रोलियम पदार्थको भाउ यथावत

काठमाण्डौ, ३१ भदौ २०८२ । भारतबाट बढेर आएपनि नेपालमा पेट्रोलियम पदार्थको भाउ यथावत राखिएको छ ।  आसन्न चाडपर्व र देशको अहिलेको विशेष परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य यथावत राखिएको हो । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट डिजेल र पेट्रोलको मूल्य बढेर आएको थियो । तर आसन्न चाडपर्वको अवसर र देशको हालको […]

पुरा पढ्नुहाेस्