स्टार्टअप उद्यम कर्जाका लागि आवेदन आह्वान, यसरी दिनुहोस् आवेदन

काठमाडौं, २० कात्तिक २०८२ । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, काठमाण्डौले एक सूचना निकालेर स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि बमोजिम कर्जा लिन इच्छुक योग्य उद्यमीबाट आवेदनको आह्वान गरेको हो । स्टार्टअप उद्यम कर्जा लिन चाहने उद्यमीहरूले कार्यविधिको दफा–४ अनुसार योग्यता पुरा गरेको हुनुपर्नेछ । आवेदकहरू […]

पुरा पढ्नुहाेस्

४ लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र आह्वान, किसानले सहज मल पाउलान् ?

काठमाडौं, ४ कात्तिक २०८२ । चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको रासायनिक मल आयात गर्न बोलपत्र आह्वान भएको छ । चालू आर्थिक वर्षका लागि कूल छ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको रासायनिक मल आयात गर्न बोलपत्र आह्वान भएको […]

पुरा पढ्नुहाेस्

उर्जामन्त्री कुलमानको प्रभाव: उद्योगले तिर्न थाले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसूल बक्यौता

काठमाडौं, १ कात्तिक २०८२ । हिजोदेखि उद्योगहरूले धमाधम डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसूल बक्यौता तिर्न थालेका छन् । नेपाल विद्युत् प्राधिकरणको पटक पटकको ताकेतापछि बक्यौता बाँकी रहेका पाँच वटा उद्योगले हिजोबाट नै प्राधिकरणलार्ई विद्युत् बक्यौता रकम तिर्न थालेका हुन् । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले आज हामा आइरन एण्ड स्टिल इन्डस्ट्रिजले डेडिकेटेड ट्रङ्कलाइनको कुल बक्यौता […]

पुरा पढ्नुहाेस्

अबदेखि अमेरिकी ‘डीभी’ भर्न एक डलर तिर्नुपर्ने, यस्तो छ नयाँ नियम

काठमाडौ, ११ असोज २०८२ । अमेरिकाले ईलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डीभी) आवेदन दर्ताका लागि एक डलर शुल्क तोकेको छ । यस अघि कुनै शुल्क नलाग्ने गरेकोमा अब आवेदन फारमसँगै एक डलर शुल्क तिर्नुपर्ने नियम बनाइएको हो । अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले दिएको जानकारी अनुसार यो नयाँ नियम यही वर्षको अक्टोबरमा खुल्ने आवेदनदेखि लागू हुनेछ […]

पुरा पढ्नुहाेस्

खर्च घटाउँदै सरकार: कर्मचारीको बैठक भत्ता कटौती, अनावश्यक सरकारी निकाय खारेज गर्ने

काठमाडौं, १ असोज २०८२ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले करिव २ दर्जन निर्णय गरेको छ । सिंहदरबारमा बसेको सचिव बैठकले देशको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि २१ वटा निर्णय गरेको हो । बैठकले नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय र कार्यालयमा रहेका दरबन्दीको औसत २० प्रतिशत कटौती गरी संशोधित संरचना […]

पुरा पढ्नुहाेस्

भारतबाट बढेर आएपनि नेपालमा पेट्रोलियम पदार्थको भाउ यथावत

काठमाण्डौ, ३१ भदौ २०८२ । भारतबाट बढेर आएपनि नेपालमा पेट्रोलियम पदार्थको भाउ यथावत राखिएको छ ।  आसन्न चाडपर्व र देशको अहिलेको विशेष परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य यथावत राखिएको हो । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट डिजेल र पेट्रोलको मूल्य बढेर आएको थियो । तर आसन्न चाडपर्वको अवसर र देशको हालको […]

पुरा पढ्नुहाेस्

बजारमा उपभाेग्य वस्तुकाे अभाव नरहेको सरकारको भनाई, चाहिने जति मात्रै किन्न आग्रह

काठमाण्डाै, ३० भदौ २०८२ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पार्ने गरी वस्तु सञ्चित नगर्न आग्रह गरेको छ । विभागले विज्ञप्ति निकालेर बजारमा अत्यावश्यक उपभोग्य वस्तुहरूको अभाव नरहेको भन्दै आवश्यकताभन्दा धेरै खरिद तथा सञ्चय नगर्न आग्रह गरेको हो । सामान्यतया कुनै सङ्कट देखा परेमा दैनिक उपभोग्य वस्तु धेरै […]

पुरा पढ्नुहाेस्

सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब दशैँअघि नै दिइने

काठमाण्डाै, २९ भदौ २०८२ । नेपाल सरकारको भुक्तानी र राजस्व सङ्कलनको प्रणाली सञ्चालनमा आएको छ । आजदेखि भुक्तानी शुरू भएको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै राजस्व सङ्कलनको काम पनि शुरू गरेर धेरैजसो भन्सार विन्दु सञ्चालनमा आएका मन्त्रालयले जनाएको छ । पूर्णक्षति भएका केही आन्तरिक राजस्व कार्यालयमा काम शुरू गर्न बाँकी छ । ‘जेन–जी’ प्रदर्शनका […]

पुरा पढ्नुहाेस्

असोज नलाग्दै एक सय बढी ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

काठमाण्डौ, १७ भदौ २०८२ । सरकारले असोज नलाग्दै एक सय बढी ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । आउँदो भदौ ३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत काठमाण्डौ उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन […]

पुरा पढ्नुहाेस्

सुनचाँदीको भाउमा नयाँ कीर्तिमानी, चाँदीकोभाउ पनि उच्च

काठमाण्डौ,  १६ भदौ २०८२ । सुनचाँदीको भाउमा नयाँ कीर्तिमानी कायम भएको छ । सुन आज एकैदिन तोलामा झन्डै २ हजारले बढेर नयाँ कीर्तिमानी कायम भएको हो । सुनको भाउ आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर दुई लाख पाँच हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । निरन्तर बढिरहेको […]

पुरा पढ्नुहाेस्