पेट्रोलियम पदार्थको मूल्य संशोधन: केहीको घट्यो, केहीको यथावत

काठमाण्डौ, १६ भदौ २०८२ । नेपाल आयल निगमले डिजल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा लितटरको चार रूपैयाँ, इवाई इन्धन आन्तरिकतर्फ एक रूपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटेको हो । पेट्रोल र एलपी ग्यासको भाउ भने यथावत् छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न […]

पुरा पढ्नुहाेस्

शिक्षाका लागि बाहिरियो १ खर्ब ३८ अर्ब रुपैयाँ

काठमाण्डौ, ९ भदौ २०८२ । देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भए पनि ठूलो मात्रामा धनराशी विदेशिने गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गएको आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि एक […]

पुरा पढ्नुहाेस्

सुनको भाउ एकैदिन १ हजार २ सय रुपैयाँले घट्यो

काठमाण्डौ, २ भदौ  २०८२ । सुनको भाउ आज तोलामा एकैदिन एक हजार दुई सय रुपैयाँले घटेका छ । सुन आज तोलामा एक हजार दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार तीन सय रुपैयाँ […]

पुरा पढ्नुहाेस्

नुवाकोटको बेलकोटगढीका कृषक अकवरे खुर्सानी खेतीमा आकर्षित

सुजन प्रेमी सुवेदी नुवाकोट, ३० साउन २०८२ । नुवाकोटको बेलकोटगढीमा अकबरे खुर्सानी खेतीमा कृषक आकर्षित भएका छन् । गत बर्ष बेलकोटगढी नगरपालिकाले अनुदानमा अकवरे खुर्सानीको बेर्ना वितरण गरेर कृषक प्रोत्साहन गरेपछि यसतर्फ किसान आकर्षित भएका हुन् । गत आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले ७५ प्रतिशत अनुदानमा १ लाख १२ हजार बेर्ना वितरण गरेर किसानलाई अकवरे […]

पुरा पढ्नुहाेस्

नेपालमा पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाइंदै

काठमाण्डौ, १६ साउन २०८२ । कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाइँदैछ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा ‘कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित […]

पुरा पढ्नुहाेस्

ट्रकबाट बरामद भएकाे २५ कराेड रुपैयाँकाे मालिक भेटिए

काठमाण्डाै, २२ चैत २०८१ । प्रहरीले गएको चैत ४ गते काठमाण्डाैकाे टोखा नगरपालिकाकाे झोरबाट ट्रकमा बरादम गरेको झन्डै २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक पहिचान गरेको छ । त्यो रकम सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी नारायण पौडेलको रहेको खुलेको प्रहरीले जनाएको छ । उनी यसअघि पनि पटक–पटक रक्तचन्दन तस्करीलगायतका कारोबारमा विवादमा परेका थिए । सिन्धुपाल्चोकको भोटेकोशी […]

पुरा पढ्नुहाेस्

गोकर्णेश्वरमा गाडिएको अवस्थामा युवकको शव फेला, ६ जना पक्राउ

काठमाण्डौ, १८ चैत २०८१ । काठमाण्डौको गोकर्णेश्वरमा एक युवकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारा बस्ने १९ वर्षीय राहुल साह यही चैत ११ गतेदेखि हराएको भनी उजुरी परेको थियो । प्रहरीले खोजी गर्ने क्रममा चैत १५ गते गोकर्णेश्वर–८ माकलबारीमा रहेको आरके मोटरसाइकल वर्कशपको पडाडिको जमिनमा गाडिएको अवस्थामा […]

पुरा पढ्नुहाेस्

पोखरामा सुरु भयो नियमित अन्तर्राष्ट्रिय उडान, हिमालयको जहाज अवतरण

काठमाण्डौ, १८ चैत २०८१ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज अवतरण गरेको छ । यससँगै हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनी समेत बनेको छ ।यो जहाजमा १ सय ७ यात्रु पोखरा अवतरण गरेका छन् । यसमध्ये ३२ चिनियाँ […]

पुरा पढ्नुहाेस्

बाग्लुङका एक सय छ खानेपानी मुहानमा कोलिफर्म भेटियो

बाग्लुङ, १८ चैत २०८१ । बाग्लुङका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बाग्लुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित १० वटा पालिकाका दुई सय ८५ ठाउँमा कोलिफर्म परीक्षण गरेको थियो । सबैभन्दा धेरै जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाको खानेपानीमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बाग्लुङका प्रयोगशाला प्राविधिक डिल्ली […]

पुरा पढ्नुहाेस्

सुनको भाउमा दिनदिनै कीर्तिमान : आज तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ पुग्यो

काठमाण्डौ, १८ चैत २०८१ । सुनको भाउमा दिनदिनै कीर्तिमान कायम भएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले बढेको हो । हिजो पनि सुनको भाउले कीर्तिमान बनाएर तोलाको एक लाख ७६ हजार […]

पुरा पढ्नुहाेस्