सिजनमा पनि तरकारी महँगो, कालिमाटीको दरभाउ यस्तो छ

काठमाडौँ, ३ मङ्सिर २०८२  । बजारमा तरकारीको भाउ तुलनात्मक रुपमा बढेको छ । सिजन सुरु भएपनि हरियो तरकारीको भाउ बढेको हो । कालिमाटी फलफुल तथा तरकारी बजारमा अहिले तरकारी महँगो छ । खुद्रामा कतिपयले यहाको भाउभन्दा दोब्बर लिने गरेका छन् । हेर्नुहोस् कालिमाटी तरकारी बजारमा आजको मूल्य यस्तो छ । कृषि उपज ईकाइ न्यूनतम अधिकतम […]

पुरा पढ्नुहाेस्

गीता जयन्तीको अवसरमा काठमाडौंमा श्लोक वाचन प्रतियोगिता हुने

काठमाडौं, २ मंसिर २०८२ । गीता जयन्तीको अवसर पारेर काठमाडौँमा श्लोक वाचन प्रतियोगिता हुने भएको छ । ज्ञान संस्कार इन्टरनेसनल बोर्डिङ स्कुल, सामाखुसीमा गीता जयन्ती–२०८२ को अवसरमा श्रीमद् भागवद् गीता श्लोक वाचन प्रतियोगिता हुने भएको हो । आधुनिकता, प्रविधिको तीव्र विकास र द्रुतगतिमा बदलिँदो जीवनशैलीबीच मौलिक संस्कार–संस्कृति जगेर्नाको आवश्यकता भएकाले श्लोक वाचन प्रतियोगिता गर्न लागिएको […]

पुरा पढ्नुहाेस्

एनपीएलमा कर्णाली र चितवन खेल्दै, दिउँसो विराटनगर र पोखराको खेल हुने

काठमाडौँ, २ मङ्सिर २०८२  दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) मा दिउँसो ४ बजे विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स खेल्दैछन् । कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा  विराटनगर र पोखरा खेल्न लागेको हो  । एनपीएलमा यसअघि यी दुई टोलीबीच पहिलो संस्करणमा एक पटक भेट भएकोमा पोखरा सुपर ओभरमा विजयी भएको थियो । आजै भएको पहिलो खेलमा कर्णाली […]

पुरा पढ्नुहाेस्

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौँ, ३० कात्तिक २०८२ । नेपाल आयल नियमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर दुई र डिजेल/मट्टीतेलमा तीन रुपैयाँका दरले भाउ बढाएको हो । भारतीय आयल निगमबाट पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ४५ पैसा र डिजेलमा छ रुपैयाँ ५३ पैसा बढेको मूल्यसूची आएको निगमले जनाएको छ । तर, उपभोक्ताको हितलाई मध्यनजर गरी पेट्रोलमा […]

पुरा पढ्नुहाेस्

मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान, अब काठमाडौंमा नियमित पानी आउने

काठमाडौं, २६ कात्तिक २०८२  । मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा हिजो अबेर भएको सहमतिअनुसार आयोजनाको पानी काठमाण्डौ पठाउने विषयसँग जोडिएको समस्या समाधान भएको हो । सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका पालिका, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरु, बाढीपीडित सङ्घर्ष समितिलगायत विभिन्न सरोकारवाला पक्षबाट समय समयमा राखिएका मागलाई […]

पुरा पढ्नुहाेस्

जैमिनी २ का पूर्व वडाध्यक्षको इमानदारिता: बैंकमा अञ्जान पैसा आएकाले फिर्ता लान आग्रह

बागलुङ, २५ कात्तिक २०८२ । बागलुङको जैमिनी नगरपालिका वडा नं २ का पूर्व वडाध्यक्षले आफ्‌नो खातामा अपरिचित पैसा आएकाले फिर्ता लैजान आग्रह गर्नुभएको छ । उहाँले सोमबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै ११ हजार रुपैयाँ अपरिचित व्यक्तिको नामबाट आएकाले भौचर पठाएर फिर्ता लान आग्रह गर्नुभएको हो । उहाँको ग्लोबल आइएमई बैंकको खातामा केशव नामबाट ११ […]

पुरा पढ्नुहाेस्

देशभर चिसो बढ्न थाल्यो: औसतमा ४ डिग्री तापक्रम घट्दै

काठमाडौँ, २५ कात्तिक २०८२ । देशभर चिसो बढ्न थालेको छ । औसतमा ४ डिग्रीसम्म तापक्रम घट्न थालेपछि चिसो बढ्दै गएको हो । अबका दिनमा तापक्रम औसत भन्दा २ देखि ४ डिग्री सेल्सियसले तल झर्ने सम्भावना देखिएको हुँदा चिसोबाट जोगिन विपद् तथा जलवायू विज्ञ डा. धर्मराज उप्रेतिले आग्रह गर्नुभयो । उहाले  न्यानो लुगा लगाउन र चिसोबाट […]

पुरा पढ्नुहाेस्

शिक्षामन्त्री पुनको स्टाटसः “नविराउनु, नडराउनु”

काठमाडौं, २४ कात्तिक २०८२ । शिक्षामन्त्री महावीर पुनले नेपाल शिक्षक महासंघप्रति कटाक्ष गर्दै एक स्टाटस पोष्ट गर्नुभएको छ । मन्त्री पुनले सोमबार बिहान महासंघ प्रति लक्षित गर्दै फेसबुकमा पोष्ट गर्नुभएको हो । शिक्षामन्त्री पुनले आइतबार एक सु्‌चना जारी गर्दै सबै तहका शिक्षकहरुले राजनीतिक आस्था त्यागेको ह्‌न्‌पर्ने र पेशागत संघ संगठनलाई स्वतन्त्र बनाउनुपर्ने बताउनुभएको थियो । […]

पुरा पढ्नुहाेस्

नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण गर्न डाक्टरको सुझाव, कारण यस्तो छ

काठमाडौं, २१ कात्तिक २०८२ । निर्धारित समयअघि नै जन्मिएका नवजात शिशुको २८ दिनभित्र आँखाको जाँच अनिवार्य गर्न डाक्टरले सुझाव दिएका छन् । समयअघि नै जन्मिएका नवजात शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’ (आरओपी) जस्ता आँखाको रोगको जोखिम उच्च हुने भन्दै डाक्टरहरुले परीक्षण अनिवार्य गर्न सुझाव दिएका हुन् । तिलगङ्गा आँखा प्रतिष्ठानमा हिजो गरेको अन्तरक्रियामा आँखा रोग […]

पुरा पढ्नुहाेस्

स्टार्टअप उद्यम कर्जाका लागि आवेदन आह्वान, यसरी दिनुहोस् आवेदन

काठमाडौं, २० कात्तिक २०८२ । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, काठमाण्डौले एक सूचना निकालेर स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि बमोजिम कर्जा लिन इच्छुक योग्य उद्यमीबाट आवेदनको आह्वान गरेको हो । स्टार्टअप उद्यम कर्जा लिन चाहने उद्यमीहरूले कार्यविधिको दफा–४ अनुसार योग्यता पुरा गरेको हुनुपर्नेछ । आवेदकहरू […]

पुरा पढ्नुहाेस्