खर्च घटाउँदै सरकार: कर्मचारीको बैठक भत्ता कटौती, अनावश्यक सरकारी निकाय खारेज गर्ने

काठमाडौं, १ असोज २०८२ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले करिव २ दर्जन निर्णय गरेको छ । सिंहदरबारमा बसेको सचिव बैठकले देशको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि २१ वटा निर्णय गरेको हो । बैठकले नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय र कार्यालयमा रहेका दरबन्दीको औसत २० प्रतिशत कटौती गरी संशोधित संरचना […]

पुरा पढ्नुहाेस्

दशैँका लागि अग्रिम टिकट बुकिङ नखुल्ने, यात्रुलाई ठग्नेमाथि कारबाहीको चेतावनी

काठमाण्डाै, ३१ भदौ २०८२ । यस वर्षको दशैँ, तिहारलगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । मानिसहरू घर जाने क्रम भइसकेकाले दशैँका लागि भनेर अग्रिम टिकट नखुल्ने भएको हो । काठमाण्डाैकाे मीन भवनमा रहेकाे यातायात व्यवस्था विभागको कार्यालयमा आज बसेको सम्बद्ध सबै पक्षको बैठकले मानिसहरू घर जाने क्रम भइसकेकाले दशैँका लागि भनेर अग्रिम […]

पुरा पढ्नुहाेस्

भारतबाट बढेर आएपनि नेपालमा पेट्रोलियम पदार्थको भाउ यथावत

काठमाण्डौ, ३१ भदौ २०८२ । भारतबाट बढेर आएपनि नेपालमा पेट्रोलियम पदार्थको भाउ यथावत राखिएको छ ।  आसन्न चाडपर्व र देशको अहिलेको विशेष परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य यथावत राखिएको हो । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट डिजेल र पेट्रोलको मूल्य बढेर आएको थियो । तर आसन्न चाडपर्वको अवसर र देशको हालको […]

पुरा पढ्नुहाेस्

बजारमा उपभाेग्य वस्तुकाे अभाव नरहेको सरकारको भनाई, चाहिने जति मात्रै किन्न आग्रह

काठमाण्डाै, ३० भदौ २०८२ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पार्ने गरी वस्तु सञ्चित नगर्न आग्रह गरेको छ । विभागले विज्ञप्ति निकालेर बजारमा अत्यावश्यक उपभोग्य वस्तुहरूको अभाव नरहेको भन्दै आवश्यकताभन्दा धेरै खरिद तथा सञ्चय नगर्न आग्रह गरेको हो । सामान्यतया कुनै सङ्कट देखा परेमा दैनिक उपभोग्य वस्तु धेरै […]

पुरा पढ्नुहाेस्

सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब दशैँअघि नै दिइने

काठमाण्डाै, २९ भदौ २०८२ । नेपाल सरकारको भुक्तानी र राजस्व सङ्कलनको प्रणाली सञ्चालनमा आएको छ । आजदेखि भुक्तानी शुरू भएको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै राजस्व सङ्कलनको काम पनि शुरू गरेर धेरैजसो भन्सार विन्दु सञ्चालनमा आएका मन्त्रालयले जनाएको छ । पूर्णक्षति भएका केही आन्तरिक राजस्व कार्यालयमा काम शुरू गर्न बाँकी छ । ‘जेन–जी’ प्रदर्शनका […]

पुरा पढ्नुहाेस्

भाटभटेनीबाट आईसक्रिम चोर्ने शिक्षक विद्यालयबाट निष्काशन

काठमाण्डाै, २८ भदौ २०८२ । भाटभटेनीबाट आईसक्रिम चोर्ने शिक्षक विद्यालयबाट निष्काशन भएका छन्  । जेन जेड आन्दोलनको नाममा लुटपाट गरेको भन्दै रुपन्देहीको बुटवलमा रहेको कालिका मानवज्ञान माध्यामिक विद्यालयले एक जना शिक्षकलाई निकालेको हो । गएको मङ्गलवार जेन जेड समूहले गरेको प्रदर्शनका क्रममा भाटभटेनीमा आईसक्रिम बोकेर हिड्दै गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विद्यालयले शिक्षक शिवशङ्कर […]

पुरा पढ्नुहाेस्

Breaking: प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजिनामा, यस्तो छ राजिनामा पत्र

काठमाडौं, २४ भदौ २०८२ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् । जेन जी प्रदर्शनमा भएको अत्यधिक बल प्रयोग र एकैदिनमा ठूलो सङ्ख्यामा मानिसहरू मारिएपछि सत्ता साझेदार कांग्रेसका नेताहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए। कैयौँ मन्त्रीहरूले सरकार छोडे लगत्तै प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन्। […]

पुरा पढ्नुहाेस्

प्रदर्शनकारीहरु सिंहदरबार र संसद भवन भित्र छिरे, आन्दोलन नियन्त्रण बाहिर

काठमाडौं, २४ भदौ २०८२ । जेन जी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन् ।   यस्तै प्रदर्शनकारीहरू संघीय संसद भवनको भित्रै छिरेका छन् । उनीहरू गेट तोडेर प्रवेश गरेका हुन् । १९ जनाको मृत्यु हुनेगरी जेनजीको प्रदर्शनमा सरकारी दमन भएको भोलिपल्ट मंगलबार काठमाडौँ अशान्त छ […]

पुरा पढ्नुहाेस्

ओली निवास र मन्त्री क्वार्टरमा आगजनी, शिर्ष नेता र पार्टी कार्यालयमा तोडफोड

काठमाडौं, २४ भदौ २०८२ । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवास र ललितपुरको भैँसेपाटी स्थित मन्त्री क्वार्टरमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवास र मन्त्री क्वार्टरमा समेत आगजनी गरेका हुन् । आज बिहानैबाट प्रदर्शन थप चर्को बन्दै गएको छ । अहिले प्रदर्शनकारीहरूले शीर्ष नेता र पार्टी कार्यालयहरू तोडफोड गरिरहेका छन् […]

पुरा पढ्नुहाेस्

Breaking: कलंकीको मालपोत र नापी कार्यालयमा आगजनी, प्रहरीको गाडी जलाइयो

काठमाडौं, २४ भदौ २०८२ । प्रदर्शनकारीहरुले कलंकीको मालपोत कार्यालय र नापी कार्यालयमा आगजनी गरेका छन् । जेन जीको नामबाट आन्दोलन गरिरहेका प्रदर्शनकारीहरुले मालपोत कार्यालय र नापी कार्यालयमा आगजनी गरेका हुन् । खसीबजारमा रहेको प्रहरी कार्यालयमा ढुङ्गाबुढा गर्दै गाडी जलाएका प्रदर्शनकारीहरुले कलंकीमा रहेको मालपोत र नापी कार्यालयमा समेत आगजनी गरेका छन् । प्रदर्शनकारीहरु उग्र बन्दै गएपछि […]

पुरा पढ्नुहाेस्