प्रदर्शनकारीहरु सिंहदरबार र संसद भवन भित्र छिरे, आन्दोलन नियन्त्रण बाहिर

समाचार समाज

काठमाडौं, २४ भदौ २०८२ ।

जेन जी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन् ।

 

यस्तै प्रदर्शनकारीहरू संघीय संसद भवनको भित्रै छिरेका छन् । उनीहरू गेट तोडेर प्रवेश गरेका हुन् । १९ जनाको मृत्यु हुनेगरी जेनजीको प्रदर्शनमा सरकारी दमन भएको भोलिपल्ट मंगलबार काठमाडौँ अशान्त छ ।

 

राजधानीमा नेताका घरमा आगजनीदेखि तोडफोडका घटना भएका छन् । यस्तै चोकचोकमा सरकारविरोधी नारा घन्किएको छ । काठमाडौँमा मात्रै नभएर देशभर नै सरकारविरोधी प्रदर्शन भइरहेका छन् ।