नागार्जुनमा सुकुमवासीका लागि पाँच तले भवन तयार पारिँदै

समाचार समाज

काठमाडाैं, १२ वैशाख २०८३ ।

नागार्जुनमा सुकुमवासीका लागि पाँच तले भवन तयार पारिँदै छ। सुकुमवासीलाई अस्थायी बसोबास गराउन लागि नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन सफा गर्न लागिएको हाे ।

सुकुमवासीलाई राख्नका लागि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अग्रसरतामा बनेको तीन वटा भवनमध्ये एउटामा सुकुमवासीलाई राख्ने तयारी गरिएको छ । एउटा परिवारको लागि साना साना तीन कोठासहित शौचालय हुनेगरी प्रत्येक तलामा छुट्टाछुट्टै बस्न मिल्नेगरी कोठा बनाइएको छ ।

शनिबार बिहानैदेखि १४ जना श्रमिकले सफा गर्ने र रंगरोगनको काम गरिरहेका छन् भने बिजुली नभएका कोठामा बत्ती जडान मर्मत जारी छ । पाँच तले यो भवनको ४२ वटा कोठामा सुकुमवासी राखिने बताइएको छ ।