बागलुङ, २५ कात्तिक २०८२ ।
बागलुङको जैमिनी नगरपालिका वडा नं २ का पूर्व वडाध्यक्षले आफ्नो खातामा अपरिचित पैसा आएकाले फिर्ता लैजान आग्रह गर्नुभएको छ । उहाँले सोमबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै ११ हजार रुपैयाँ अपरिचित व्यक्तिको नामबाट आएकाले भौचर पठाएर फिर्ता लान आग्रह गर्नुभएको हो ।
उहाँको ग्लोबल आइएमई बैंकको खातामा केशव नामबाट ११ हजार रुपैयाँ जम्मा भएको उहाँले स्कृनसट सार्वजनिक गर्नुभएको छ । कसैले भुलवश जम्मा गरेको भए भौचर र खाता नम्बर पठाउन आग्रह गर्दै उहाँले तुरुन्तै फिर्ता गर्ने वाचा समेत गर्नुभएको छ ।

उहाँको स्टाटस
अाज मेरो IME को खाता नं मा रु ११०००/ अक्षेरुपि एघार हजार कहि कतै बाट जम्मा हुन अाएकाले सम्बन्नधित ब्यत्ति ले खाता नं र फोन साथै जम्मा गरेको भोैचर म्यासेनजर मा पठाई फिर्ता लैजान हुन अनुरोध गर्दछु एबम यो समाचार सकेसम्म सेयर गरि सम्बन्धित ब्यक्ति सम्म पुर्याउन सहयोग गरिदिनुहुन होला है

