एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडाैं, ११ असाेज २०८२ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । गएको साउन २९ देखि भदौ ६ गतेसम्म चलेको पुरक परिक्षाकाे नतिजा शनिबार सार्वजनिक गरिएकाे हाे ।

राष्ट्रिय परीक्षा बोर्डले बिहान प्रकाशित गरेको नतिजा अनुसार ८३ हजार पाँच सय ६४ जना परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएका छन् । यस्तै परीक्षामा सहभागी भएका एक लाख ४३ हजार दुई सय ५७ परीक्षार्थीमध्ये ५९ हजार ६ सय ९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएका बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो ।

नतिजा हेर्न पुरानै सिस्टमकाे प्रयाेग गर्न सकिनेछ । नेपाल टेलिकम, परिक्षा बाेर्ड सहितकाे वेबसाइटबाट नतिजा हेर्न सकिने बताइएकाे छ ।

फेसबुकमा नै ताजा समाचार हेर्न हाम्रो पेज लाइक र फलो गर्नुहोस्


This will close in 20 seconds