परदेशका नेपालीको कथा बोकेको ‘जीवनशास्त्र’ को प्रशारण नियमित हुने

जीवनशैलि ज्ञानगुनका कुरा देश बाहिर समाचार समाज

कतार, ६ कात्तिक २०८३ ।
परदेशका नेपालीको कथा बोकेको ‘जीवनशास्त्र’को प्रशारण नियमित हुने भएको छ । कतारबाट प्रसारण हुँदै आएको नेपालीहरूको जीवनकथा र संघर्षका अनुभव समेट्ने साप्ताहिक कार्यक्रम ‘जीवनशास्त्र’ नियमित हुने भएको हो ।

गत शुक्रबारको अंक केही प्राविधिक समस्या तथा नेपालीहरूको महान् पर्व बडादसैँका कारण प्रभावित भएकोमा अबका अंक नियमित प्रशारण हुने कार्यक्रमका व्यवस्थापक तथा निर्देशक राजु गुरुङले जानकारी दिनुभयो । नेपाली समुदायका अनुभव, संघर्ष, सफलता र प्रेरणादायी जीवनकथालाई दर्शकमाझ प्रस्तुत गर्दै आएको ‘जीवनशास्त्र’ कार्यक्रमको प्रसारण रेकर्डिङको क्रमअनुसार निरन्तर अगाडि बढाइने उहाँको भनाई छ ।

कार्यक्रमको प्रशारणमा आएको अस्थायी अवरोधप्रति दर्शक तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधालाई मध्यनजर गर्दै आगामी दिनमा नियमित प्रशारणलाई निरन्तरता दिइने जनाइएको छ । ‘जीवनशास्त्र’ले परदेशमा रहेका नेपालीहरूको जीवनका भोगाइ, संघर्ष र सफलताका कथालाई निरन्तर दर्शकमाझ पुर्‍याउने लक्ष्य लिएको छ ।