राजु गुरुङ
कतार, ६ कात्तिक २०८३ ।
कतारका विभिन्न क्षेत्रमा वर्षा भएको छ । देशका विभिन्न क्षेत्रमा स्थानीय वर्षा गराउने बादल विकसित भै वर्षा भएको हो ।
केही स्थानमा वर्षा जारी रहेको र अन्यत्रपनि मेघगर्जनसहित वर्षा हुन सक्ने सम्भावना रहेको कतारको मौसम विभागले जनाएको छ । वर्षाका क्रममा अचानक तीव्र हावा चल्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मौसममा हुन सक्ने अचानक परिवर्तनलाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई आवश्यक सावधानी अपनाउन र प्रतिकूल मौसमका बेला सुरक्षित रहन सुझाव दिइएको छ । कतारमा रहेका नेपालीहरुलाई पनि मौसम परिवर्तनले हुनसक्ने जोखिमबाट बच्न अनुरोध गरिएको छ ।
