निर्वाचन आयोगमा १४३ दल दर्ता, चुनावमा १ सय १४ वटा दलले भाग लिने

काठमाडौँ, २२ मंसिर २०८२ ।

निर्वाचन आयोगमा १ सय ४३ दल दर्ता भएपनि  आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा १ सय १४ वटा दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार १ सय १४ दलले भाग लिने भएका हुन् ।

१ सय २० वटा राजनीतिक दलले चुनावमा भाग लिन निवेदन दिएकामध्ये १ सय २ वटालाई एक्ला एक्लै र १२ वटालाई संयुक्त रूपमा प्रतिस्पर्धामा जाने  निर्वाचन  आयोगले जनाएको छ । निर्वाचन आयोगले ती दलहरुलाई चुनाव चिह्न समेत  प्रदान गरेको छ ।

आयोगक अनुसार १२ वटा राजनीतिक दलले विभिन्न समूह बनाएर ५ वटा चुनाव चिह्न प्रयोग गरी चुनावमा भाग लिनेछन् । यस आधारमा कूल १ सय ७ वटा चुनाव चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।

चुनावका लागि १ सय २० निवेदन परेकोमा १३ वटा खारेज भएको छ ।  जसमध्ये कहिले जरिवाना बुझाउन नसकेर समेत निवेदन खारेज भएका छन्  ।

सबै विवरण हेर्न यहा क्लिक गर्नुहोस्

फेसबुकमा नै ताजा समाचार हेर्न हाम्रो पेज लाइक र फलो गर्नुहोस्


This will close in 20 seconds

This will close in 0 seconds