सुनकोशी नदीमा जिप खस्दा ३ जनाको ज्यान गयाे, ३ जना बेपत्ता

जिल्ला विशेष यातयात समाचार

सिन्धुली, १ कात्तिक २०८३ ।

सुनकोशी नदीमा जिप खस्दा ३ जनाको मृत्यु हुनुका साथै ३ जना बेपत्ता भएका छन् । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको ज्यान जानुका साथै ३ जना बेपत्ता भएका हुन् ।

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार बिहान करिब २:३० बजे मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको सिन्धुली प्रहरीले जनाएकाे छ । घटनामा ४ जना घाइते भएका छन् । दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

घाइते हुनेमा जिप चालक ओखलढुंगाका २९ वर्षीय आशिष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक छन् । तीनजना बेपत्ताहरूको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।