गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन: बागलुङका २ मन्त्री, नयाँ मन्त्रीहरूले शपथ लिए

प्रशासन राजनीति समाचार

काठमाडाैँ, २ वैशाख २०८३ ।

गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा गरेर मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।

नयाँ मन्त्रिपरिषदमा बागलुङका जित शेरचन अर्थमन्त्री र गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हुनुभएको छ । उहाँहरूसँगै मुख्यमन्त्री सुरेन्द्र पाण्डे नेतृत्वको सरकारमा  नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, भीमबहादुर कार्की कृषि भूमि व्यवस्था सहकारी मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मणबहादुर पाण्डे स्वास्थ्य मन्त्री, नम्डु गुरुङ वन तथा वातावरण मन्त्री हुनुभएकाे छ ।

नयाँ मन्त्रीहरूले शपथसमेत लिइसकेका छन् ।