काठमाडाैं, २९ वैशाख २०८३ ।
आज सुनचाँदीको भाउ बढेकाे छ । एकैदिन भारी मात्रामा सुनचाँदी दुवैकाे भाउ बढेकाे हाे ।
सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढेर तोलाको ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि आज एकैदिन तोलामा ३ सय ५५ रुपैयाँले बढेको छ ।
यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँ रहेको थियो । यता हिजो तोलाको ५ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदीको भाउ आज बढेर तोलाको ५ हजार ६ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
