काठमाडाैँ, १६ असाेज २०८३ ।
सुरक्षा निकायलाई ग्यास बिक्री अनुमति दिने तयारी गरिएकाे छ । खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई ग्यास बिक्री अनुमति दिने तयारी गरिएकाे हाे ।
सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले जानकारी दिनुभयाे । विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेको अहिलेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागिएको बताउनुभयो ।
सेना, प्रहरी र सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायको आउटलेटबाट ग्यास पनि वितरण गर्न सके धेरै सहज हुने सचिव तामाङकाे धारणाा छ । यी सुरक्षा निकायले अहिले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन् ।
