साझा यातायातले काठमाडौं चितवन सटल बस सुरु गर्यो, भाडा सहुलियत

यातयात समाचार

सुजन प्रेमी सुवेदी
काठमाडौं, २७ वैशाख २०८३ ।

साझा यातायातले काठमाडौं चितवन सटल बस सुरु गरेको छ । वैशाख २६ गते शनिबारदेखि सहुलियत भाडादरमा साझाको सटल बस सेवा सुरु भएको हो ।

हरेक दिन बिहान ७ बजे र ९ बजे काठमाडौं नयाँबसपार्कबाट बस छुट्ने साझा यातयातले जनाएको छ । हाल काठमाडौंबाट गएको बस नै सोहिदिन चितवनबाट फर्कने भएपनी पछि चितवन र काठमाडौंबाट नै बस छुट्नेछ ।

एकतर्फी भाडा ५२० रुपैयाँ तोकिएको छ । केही दिनमा अनलाइन टिकट लिएर यात्रा गर्न सकिने संस्थाले जानकारी दिएको छ ।