प्रदेश र जिल्लामा ‘मेलमिलाप समन्वय समिति’ गठन हुने

प्रशासन समाचार समाज

काठमाडाैं, १४ जेठ २०८३ ।

प्रदेश र जिल्लामा ‘मेलमिलाप समन्वय समिति’ गठन हुने भएकाे छ । सरकारले मेलमिलाप सम्बन्धी ऐन २०६८ लाई संशोधन गर्दै प्रदेश र जिल्लामा ‘मेलमिलाप समन्वय समिति’ गठन गर्न लागेकाे हाे ।

समन्वय, अनुगमन, मूल्यांकन तथा सहजीकरणका लागि प्रत्येक प्रदेश र जिल्लामा ‘मेलमिलाप समन्वय समिति’ गठन गर्ने विधेयक संशोधन प्रस्तावमा उल्लेख छ । यसैगरी स्थानीय तहको सहयोग तथा सहकार्यमा समुदायले स्थानीय तहमा ‘सामुदायिक मेलमिलाप केन्द्र’ स्थापना गर्ने विषय पनि समावेश छ ।