ग्याँस पाउनुभएन ? आयल निगमकाे हटलाइनमा सम्पर्क गर्नुहाेस्, थप विवरण समाचारमा..

जीवनशैलि समाचार समाज

काठमाडाैँ, १६  साउन २०८३ ।

नेपाल आयल निगमले ग्याँस नपाएको अवस्थामा हटलाइनमा फाेन गर्न उपभाेक्ताहरूलाई अनुराेध गरेकाे छ । निगमले एक सूचना जारी गर्दै ग्याँस नपाएको अवस्थामा कार्यालय समय भित्र हटलाइन नं.०१–५९७१९०२  मा सम्पर्क गर्न अनुराेध गरेकाे हाे ।

निगमका अनुसार एलपी ग्याँसको आयात तथा बिक्री वितरण नियमित भइरहेको छ भने आगामी दिनमा पनि निरन्तर हुँदै जानेछ । निगमले उपभोक्तालाई आवश्यक्ताअनुसार मात्र ग्याँस खरिद गर्न र अनावश्यक भण्डारण नगर्न समेत निगमले अनुराेध गरेकाे छ ।

ग्याँस उद्योगीहरूलाई समेत बजारमा ग्याँसको सहज आपूर्तिको व्यवस्था मिलाउन निगमले विज्ञप्तिमार्फत अनुरोध गरेको छ । ‘१४.२ के.जि.को ग्याँस सिलिण्डरको बिक्री वितरणको सुरुवातपश्चात बजारमा ग्याँस अभाव भन्ने उपभोक्ता वर्गवाट गुनासो आइरहेकोले सम्पूर्ण ग्याँस उद्योगीहरुले बजारमा ग्याँसको सहज आपूर्तिको व्यवस्था मिलाउन हुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

आयल निगमले बिक्रेताहरूलाई घरायसी प्रयोजनका उपभोक्ताहरूलाई प्राथमिकतामा राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको रेकर्ड राखेर व्यवस्थित रुपमा ग्याँसको बिक्री बितरण गर्न पनि अनुरोध गरेको छ ।