बजारमा नक्कली सामानकाे बिगबिगी, सयभन्दा बढी नक्कली उत्पादन बरामद

अपराध जीवनशैलि समाचार समाज स्वास्थ्य समाचार

काठमाडाैं, १७ साउन २०८३ ।

बजारमा नक्कली सामानकाे बिगबिगी बढेकाे छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेकाे अनुगमनमा नक्कली सामानकाे बिगबिगी भएकाे पाइएकाे हाे । विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमार्फत बिक्रीवितरण भइरहेका एक सयभन्दा बढी शङ्कास्पद नक्कली उत्पादन  नियन्त्रणमा लिएको छ । जसमा विभिन्न प्रकारका मासिल तेल, स्याम्पु, चिया, खाद्य पूरक आहारलगायत दैनिक उपभोग्य वस्तु रहेका छन् ।

विभागका महानिर्देशक मोतिराम सापकोटाले उपभोक्ताको स्वास्थ्य र अधिकारलाई सुनिश्चित गर्न क्रियाशील रहेको बताउदै नक्कली उत्पादनको बिक्रीवितरण रोक्न बजार अनुगमनलाई तीव्र पारिएको बताउनुभयाे ।उहाँका अनुसार परीक्षण प्रतिवेदनका आधारमा सम्बन्धित उत्पादनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ ।

बजारमा शङ्कास्पद वा नक्कली उत्पादन देखिएमा जानकारी गराउन विभागले आग्रह गरेको छ । ती उत्पादनको गुणस्तर र मौलिकता तथा उपभोग गर्न मिल्नेनमिल्नेबारेमा परीक्षण भइरहेको विभागले जनाएको छ ।