आजदेखि मौसममा सुधार हुँदै जाने, काठमाडाैँका अधिकांश स्थानमा बादल कायमै

माैसम समाचार

काठमाडाैँ, १५ कात्तिक २०७३ । 

आजदेखि मौसममा सुधार हुँदै जाने देखिएकाे छ । ‘अर्नब’ चक्रवातको प्रभावका कारण बदलिएकाे माैसम चकेवात राेकिएसँगै सुधार हुन थालेकाे हाे ।

गएराति काठमाण्डौ उपत्यका आसपासका एक/दुई ठाउँमा छिटपुट वर्षा भए पनि देशका धेरैजसो ठाउँबाट अर्नब चक्रवातको प्रभाव हटेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएकाे छ । आजदेखि देशभरको मौसममा सुधार आउनेछ । यद्यपि, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

अहिले काठमाडाैँका अधिकांश स्थानमा बादल लागेकाे छ । याे पनि दिउँसाेदेखि खुल्ने अनुमान गरिएकाे छ । त्यस्तै, तराईका क्षेत्र, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही ठाउँमा हुस्सु तथा कुहिरो लाग्ने अनुमान छ ।