देशभर भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

जीवनशैलि समाचार समाज स्वास्थ्य समाचार

काठमाडाैँ, १७ कात्तिक २०८३ । 

देशभर बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदैछ । आज र भोलि देशभरका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिना अर्थात् १ वर्षदेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएकाे हाे ।

पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको भए पनि यस वर्ष दशैँको सार्वजनिक बिदा परेकाले मिति परिवर्तन गरी आज र भोलि खुवाउन लागिएको छ । नेपाल सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम यस वर्ष पहिलो चरणको कार्यक्रम २ हप्ता पर धकेलिएको हो ।

सरकारले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत दोस्रो चरणको कार्यक्रम भने वैशाख ६ र ७ गते हुने गरेको छ ।