काठमाडाैँ, ४ मंसिर २०८३ ।
स्थानीय तहकाे निर्वाचन बैशाखमा गर्न निर्वाचन आयोगले प्रस्ताव गरेकाे छ । आयोगले आज राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग प्रारम्भिक छलफल गर्दै स्थानीय तहकाे निर्वाचन बैशाखमा गर्न प्रस्ताव गरेकाे हाे ।
निर्वाचन आयोगको कार्यालय कान्तिपथमा भएको छलफलमा आयोगले पालिका तहको चुनाव आउँदो वैशाखमा र प्रदेशको मङ्सिरमा गर्ने तालिका प्रस्ताव गरेको बताइएकाे छ । यसअघि २०७९ वैशाखमा भएको पालिका चुनावबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल आउँदो वैशाख ३० गते सकिँदैछ । साेहि अनुरूप नयाँ निर्वाचनका लागि तयारी अगाडि बढाइएकाे छ ।
आज आयोगले गरेको छलफलमा रास्वपा सभापति रवि लामिछाने, प्रतिपक्ष नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) लगायतका नेता सहभागी थिए । एमाले अध्यक्ष केपी शर्मा ओली पनि छलफलका लागि गएपनि पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा बस्न भनेर बाहिरिएका थिए ।
निर्वाचन आयोगले पालिका चुनावको तयारीसँगै आवश्यक छलफललाई अगाडि बढाएको जनाएकाे छ । आयोगको प्रस्ताव अनुसार नै पालिका तहको चुनाव आउँदो वैशाखमा र प्रदेशको मङ्सिरमा गर्ने भन्नेमा राजनीतिक दलहरू सहमत भएमा चुनावकाे मिति तय गर्ने तयारी छ ।
